आइतबार, असोज १८, २०७७
मा प्रकाशित
0
Shares
असोज १८, बाँके । आईतबार बाँकेमा थप १० जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको ३३ जनाको परिक्षणमा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. १२ का ३ जना र वडा नं. १३ का १ जना, कोहलपुर वडा नं. १२ का १ जना र सैनिक अस्पताल नेपालगंजका ५ जना पुरुषलाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमित मध्येमा ७ जना पुरुष रहेका छन् भने ३ जना महिला रहेकी छन् ।