असोेज १८, इटहरी । ठूलो परिमाणमा लागूऔषधसहित सुनसरीको अलग–अलग स्थानबाट प्रहरीले तीन जनालाईं पक्राउ गरेको छ । प्रहरीले दुहबी वडा नं. १० घर भई हाल इनरुवा वडा नं.२ मा डेरा गरी बस्ने २६ वर्षका दिपककुमार यादव र हरिनगर वडा नं. ६ का ३४ वर्षे सहिद मियाँलाईं पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा वडा नं. ३ महेन्द्र चोक विधुत प्राधिकरणको शाखा कार्यालय नजिक पूर्व पश्चिम राजमार्गमा लागू औषध बोरामा पोको पारी राजमार्ग छेउको झाडीमा लुकाई राखेको सूचनाका आधारमा खोजतलास गर्दा दुई जनासहित लागूऔषध वरामद गरिएको हो । यो स्थानबाट डाइलेक्स डिसी सय एमएल देखिएको एक सय ४० बोतल, स्प्रस्मो प्रोक्सिभन प्लस लेखिएको १६५ फायलको कयाप्सुल तीन हजार ९६० वटा र नित्राभेट दस लेखिएको ४५ फायल एक हजार ३५० ट्याब्लेट बरामद गरिएको आइतबार प्रहरीले सार्वजनिक गरेको प्रेस नोटमा उल्लेख छ।
यसैगरी, कोशी गाउँपालिका वडा नं. ३ नहरचौकमा लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा जिल्ला सोही ठाउँ वडा नं. ४ का २८ वर्षेे कमरुदिन मियाँले झोलामा बोकी ल्याएको लागुऔषध डाईलक्स डिसी ४५ बोतल र स्पास्मो प्रोक्सिभन ३२८ ट्याब्लेट समेत फेला पारेको प्रहरीले जनायो । पक्राउ परेका तीनै जनालाई प्रहरीले मुद्दा चलाएको छ। साभार नागरिक दैनिक