सरकारलाई प्रश्न : सत्याग्रहीलाई मार्न खोजेको ?
शनिबार, असोज २४, २०७७ मा प्रकाशित

२४ असोज, काठमाडौं । ६ दे माग राखेर २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमा प्रदर्शन भएको छ ।

डा. केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै सोलिडारिटी फर डा. केसीको आहृवानमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोजेको ? ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन् ।

सरकारी र डा. केसीको तर्फबाट बनेको वार्ता टोलीबीच शुक्रबार राति अबेर भएको वार्ता असफल भएको थियो ।
प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री र शिक्षामन्त्री निर्देशनमा सहमति गर्न रोकिएको बताए । साभार अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर