शनिबार, असोज २४, २०७७
मा प्रकाशित
0
Shares
२४ असोज, बर्दिया । शनिबार बर्दियामा ८० जना कोरोना संक्रमित पुष्टि भएका छन् ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोजशालामा गरिएको ४ सय १२ जनाको परिक्षणमा ८० जना कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमित मध्ये मधुवन नगरपालिकाका ५१ जना, बारबर्दियाका नगरपालिकाका २२ जना, गुलरिया नगरपालिकाका ४ जना, स्वास्थ्य कार्यालयका एक जना, राजापुर नगरपालिकाका २ जना रहेका छन् भने बढैयाताल नगरपालिकाका १ जनालाई कोरोना संक्रमण देखिएको भेरी अस्पतालको अधिकारीक फेसबुक पेजमा उल्लेख छ ।
यो सँगै बर्दियामा कुल कोरोना संक्रमितको संख्या ८ सय ३ पुगेको छ ।