द्वन्द्वको बाछिटाले छोएको एक महिलाको दर्दनाक कथा…….
आइतबार, असोज २५, २०७७ मा प्रकाशित

निरुता शाह/मेलिना थापा क्षेत्रि
२५ असोज, बर्दिया । २०५२ देखि २०६४ साल सम्म बिद्रोहि पक्ष र सरकार पक्ष विच द्धन्द्ध भयो । त्यहि द्वन्द्वले जन्माएका कैयन सहकर्मी सडक सत्ता हुँदै मन्त्री तथा प्रधान मन्त्री भए । तर दिगो शान्ति र परिवर्तन ल्याउँने कोरो सपना बोकेर द्वन्द्वमा होमिएकि एक महिलाको संघर्ष भने कहाली लाग्दो छ ।

संघर्षले उनको जिवनमा परिवर्तनको साटो घर विहिन बन्न पुगेकि महिला अहिले सहयोगको याचना गरिरहेकि छन् । उनी मात्र होईन उनका पाँच सन्तानको लामो समय देखि सडकमै बास छ ।

हुम्ला जिल्ला दारमा गाउँमा २०४४ सालमा जन्मेकी उषा थापा २०५७ सालमा तत्कालीन माओबादी आन्दोलनको कलाकारमा भर्ना भईन ।

कलाकार उनी महिला पला्टुन, हुँदै महिला छापामार बनिन । युद्द मोर्चा अग्रभागमा खटिईन ।लडाइ लड्ने क्रममा दिगो परिवर्तनको कोरो कल्पनामा डुबेको उनलाई पत्तै भएन । बन्दुक बोकेर राज्य पक्षका सुरक्षाकर्मी हिँडेको मानसपटलमा ताजै छ ।

त्यतिबेला चर्चित गणेशपुर भिडन्तको लडाइमा युद्दमैदानमा युद्ध लडेकि उनी भाग्ने क्रममा भूगोलको अनभिज्ञताका कारण घर जान सकिनन् । बाटो भुलेर भारत पुगिन । भारतबाट घर फर्कने क्रममा बर्दिया महम्मदपुरकै केटासँग घरजम गरिन ।

तर दुर्भाग्य राजनितिक संस्कार भएकि उनलाई घरकाले दुरव्यबहार गरे । घरमा सबैबाट दुव्र्यवहार भै घरमा बस्न नसकी नेपालगन्ज तिर निजि कंम्पनिमा जागिर खाइन ।

दोस्रो बिबाह गरि डेउढाकलामा बसिन । बिद्रोहि पक्ष सहपाठी सत्ता हाक्ने भए । तर उनको खोजी गर्ने कोहि भएन । तर अहिले अवस्था फेरिएको उनले सुनाईन ।

न घर न बाँस अत्यन्तै बिचल्लीको अबस्थामा उनिलाइ बढैयाताल गाउँपालिकाका अध्यक्ष श्री लालबहादुर श्रेष्ठ , उपाध्यक्ष श्री दिपा कुमारी गौतम, ९ का वार्ड अध्यक्ष श्री कान्छू थारु कार्यपालिका सदस्य श्री जित बहादुर सुनार स्थानीय शिक्षक हितराज सुबेदि समेतको पहलमा बार्डनं ९ टेसनपुरको जग्गामा हाललाइ अस्थायी बासको ब्यबस्थापन गरिएको छ ।

कुनै रोजगारी नभए उनी ज्यालामजदुरी गरी बाचेकि छन् । उषाका पाँच वटा वच्चा छन् । सबै भुइमा सुत्दै आएका छन । केही दाता र सहयोगिको सहयोगबाट सानो झुप्रो स्थापना गरे पनि बस्ने खाट, ओछ्याउने कपडा, खाद्यान्न सबै अभाव भएको उनले बताईन ।

पहिला कमान्डर अहिले नेता भए । सङ्गै काम गरेको कमरेडहरुले आज मेरो पीडादिने जिन्दगीको घाउँमा कसैले घाउमा मलम नलगाएको उनले बताईन ।

फोटोक्याप्सन : बाल बच्चाको साथामा उषा ।

प्रतिक्रिया

सम्बन्धित खवर