मङ्गलबार, असोज २७, २०७७
मा प्रकाशित
0
Shares
२७ असोज, बर्दिया । गुलरियामा एक जना बालिकाको पर्खालबाट लडी मृत्यु भएको छ ।
गुलरिया नगरपालिका वडा नं. ३ सुर्कैया बस्ने राजेश सिंह बन्जाराको ५ वर्षीया छोरीको पर्खालबाट लडेर मृत्यु भएको हो ।
बालिका आफ्नै घरको धाराको पर्खालमा चढेर खेल्ने क्रममा पर्खालबाट खस्दा घाईते भई बर्दिया जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।