मङ्गलबार, असोज २७, २०७७
मा प्रकाशित
0
Shares
२७ असोज, बर्दिया । बर्दियामा १७ जनालाई कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा ४ सय ५ जनामा गरिएको परिक्षणमा १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जानकारी गराएको छ ।
संक्रमित १७ जना मध्ये बर्दियाको गेरुवा गाउँपालिकाका ५ जना, बाँसगढी नगरपालिकाका एक जना, बारबर्दिया नगरपालिकाका ४ जना, राजापुर नगरपालिकाका एक जना, ठाकुरबाबा नगरपालिकाका २ जना, गुलरिया नगरपालिकाका २ जना, बर्दियाको नयाँगाउँका र कालिकाका एक एक जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये १४ जना पुरुष र ३ जना महिला संक्रमित रहेका छन् । यस सँगै बर्दियामा कोरोना संक्रमितको कुल संख्या ८ सय ४९ जना भएको छ ।