बालुवाटारमा पत्रकारको प्रदर्शन
बुधबार, असोज २८, २०७७ मा प्रकाशित

२८ असोज, काठमांडौ । श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन तथा महामारीको संकटको बेला मारमा परेका पत्रकारहरुको बारेमा चासो राख्न माग गर्दै पत्रकारहरुले म‌गलबार बालुवाटारमा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रबद्र्धन समिति र सञ्चार गृह पीडित पत्रकार कर्मचारी संयुक्त संघर्ष समितिको आयोजनामा सो प्रदर्शन भएको हो ।
‘सरकार खोज्दै’ बालुवाटारमा गरिएको सो प्रदर्शनमा ‘कानून नमान्ने सञ्चारगृहको सूची सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न’ र ‘कानूनी कारवाही गर्न’ माग गरिएको थियो । प्रदर्शनमा सहभागी पत्रकारहरुले ‘खै सरकार कता छ ?’ लेखिएके व्यानर समेत बोकेका थिए । साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर