विराटनगरमा थप एक महिला संक्रमितको मृत्यु
बुधबार, असोज २८, २०७७ मा प्रकाशित

कोरोना संक्रमणका कारण विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक महिलाको मृत्यु भएको छ।

सुन्दरहरैँचा नगरपालिका–५ की ४९ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी गराएको छ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मंगलबार साँझ ७ बजेतिरआइसोलेसनमा उपचारका क्रममा संक्रमित महिलाको मृत्यु भएको हो।

उनलाई मृगौलाको डाइलासिस गर्नका लागि भन्दै आइतबार बिहान अस्पताल भर्ना गरिएको उनमा मधुमेह, उच्च रक्तचाप र मृगौलाको पुरानै समस्या रहेको अस्पतालले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर