गुलरिया नगरपालिकालाई पीपीई सहयोग
बिहिबार, असोज २९, २०७७ मा प्रकाशित

२९ असोज, बर्दिया । कमैया महिला जागरण समाज नेपालले स्वास्थ्यकर्मीहरुका लागि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ ।

उक्त टोलीले आज गुलरिया नगरपालिकाका नगर प्र्रमुख मुक्तिनाथ यादवलाई स्वास्थ्य सामाग्री व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको हो ।

कोरोना भाईरस संक्रमण विरुद्ध खटिने स्वास्थ्यकर्मीहरुका लागि ४८ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नगर प्रमुख यादवलाई हस्तान्तरण गरेको कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष बिरानी थारुले बताईन ।

हस्तान्तरणपछि नगर प्रमुख यादवले कोरोना संक्रमणको बेला यस्ता किसिमका सामाजिक कार्य सराहनीय रहेको बताएका छन् ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपाने, उपमेयर सुशिला गिरीको पनि सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर