बर्दियामा ११ जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, असोज २९, २०७७ मा प्रकाशित

२९ असोज, बर्दिया । बर्दियामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा २ सय १५ जनामा गरिएको परिक्षणमा बर्दियाका ११ जनालाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्ये बाँसगढी नगरपालिकाका ५ जना, राजापुर नगरपालिकाका एक जना, ठाकुरबाबा नगरपालिकाका एक जना, खैरीचन्दनपुरका एक जना, बढैयाताल गाउँपालिकाका एक जना, मोतिपुरका एक जना र जिल्ला अस्पतालका एक जना गरी ११ जनामा संक्रमण देखिएको भेरी अस्पतालले सार्वजनिक गरेको आधिकारिक फेसबुक पेजमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर