शुक्रबार, असोज ३०, २०७७
मा प्रकाशित
0
Shares
३० असोज, बर्दिया । बाँसगढी नगरपालिकामा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन ।
पूर्वपश्चिम राजमार्गमा पर्ने बाँसगढी नजिकै भे १ प ८०४३ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा एक जना महिलाको मृत्यु भएको हो । ठक्कर दिने ट्रक अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।
ठाकुरबाबा नगरपालिका वडा नं. ९ कि अन्दाजी २६ बर्ष की लालि थारुको घटना स्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जानकारी गराएको छ ।
मुख्य सडकमा विभिन्न ठाउँ ठाउँमा खाल्डाखुल्डी र समयमा सडक मर्मत नहुदा यस्ता घटना दिनहुँ घटी रहने सर्वसाधारणको भनाइ छ ।