बर्दियामा एकै दिन ४६ जनामा कोरोना संक्रमण 
शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित

३० असोज बर्दिया । बर्दियामा एकै दिन ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा ४६ जनालाई कोरोना संक्रमण देखिएको हो ।

गत २४ घण्टामा २ सय ९६ जनामा गरिएको परिक्षणमा ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।

संक्रमित मध्यमा गुलरिया नगरपालिकाका १३ जना, मधुवन नगरपालिकाका १६ जना, गेरुवा गाउँपालिकाका ६ जना, ठाकुरबाबा नगरपालिकाका ८ जना, राजापुर नगरपालिकाका २ जना र बाँसगढी नगरपालिकाका एक जना रहेका छन् ।

जसमध्ये १२ जना महिला संक्रमित र ३४ जना पुरुष संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर