३ कार्तिक, बर्दिया । आईतवार दिउँस ल" />
नगर प्रमुख यादव भन्छन–‘मेरो संसार गुलरिया नगरपालिका हो, नगरबासीलाई सुखी, सम्बृद्धि र अब्बल बनाउँने मेरो कर्तव्य हो’
सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित

३ कार्तिक, बर्दिया । आईतवार दिउँस लक्ष्मण टोलका स्थानीय नगर प्रमुख मुक्तिनाथ यादव कार्यकक्षमा गुनासो राख्न पुग्छन । नेकपाकि नेता ईन्दिरा सुवेदि, एकदेव गौतम, लगायतको टोली नगर प्रमुखका कार्यकक्ष भित्र पसेर धुलाम्मे वाईपास सडक र टोलमा सडक बत्ति नबलेको गुनासो राख्छन । विकासको क्रममा रहेको गुलरिया नगरपालिका भन्दै नगरबासीको साझा समस्या भएको नगर प्रमुखले उल्लेख गर्दा भने समस्या लिएर पुगेको टोली निराश बन्छ ।


तर,आईतवार साझ पर्दा सम्म त्यस टोलमा एक किसिमको रौनक आउँछ । धुलाम्मे रोक्न पानी हाल्ने ट्याकंर पुग्छ । खाल्डा खुल्डी ग्राँवेलले ढाकिन्छ । सडक बत्ति सम साझै बोल्छन, टोल नै उज्योलो हुन्छ । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने,शव ईन्जिनियर अर्जुन लम्साल लगायतको टोली अनुगमन गर्दा टोलबासी छक्क पर्छन । नगरको समस्या सुल्भाउँन गजुमुखी निर्माण कम्पनीले तीन टिप्पर ग्रावेल दिन्छ, टोलबासीको समस्या समाधान हुन्छ । नगर प्रमुख समक्ष आफ्ना समस्या राख्न पुगेका स्थानीय त फेसबुक मार्फत गुलरिया नगरपालिकाले जनताको गुनासोको बारेमा क्वीक रेपोन्स गरेका विषयमा नगरवासीले फेसबुक मार्फत सकारात्मक प्रतिक्रिया दिन्छन ।


गुलरियाका नगर प्रमुख मुक्तिनाथ यादवको आफ्नै स्वभाव छ–च्यापलुसी र चाकरी जान्दैनन । नगर प्रमुख यादव आफु पनि स्टेट बोल्छन– जवाफ पनि स्टेट खोज्छन । समस्या के हो, के गर्दा समाधान हुन्छ सेवाग्राही बाटै सल्लाहा माग्ने उनले आदत बसालेका छन् ।
तर, बेतुकको कुरासँग उनको कुनै स्वार्थ वा ईच्छा रहदैन । नेपाली कांग्रेसवाट निर्वाचित उनी कुनै पार्टी र समुदायसँग हेक्का राख्दैन । नगरवासीको माया पाएको छु,पाईराख्न चाहन्छु । उनले भन्ने गर्छन जनताको गुनासो सन्छु त्यहि अनुसार काम गर्छु ।

शक्ति केन्द्रको पछि लागेर मलाई लछार पटार लगाउँन छैन भन्दा भने नेता भनेर चिनिएकालाई कतिले चित्त बुभाएका छैनन् । नगर प्रमुख यादवको लुकेको पाटो भने एकदम चाखलाग्दो छ । कडा मिजास तर सरल व्यत्तित्व उनको लुकेको पाटो हो । नगर प्रमुख यादव नगर छाडेर अन्यत्र हिडदैनन् । आज सम्म स्वास्थ्य उपचारको काम बाहेका नगर बाहिर नजाने उनी एक्ला नगर प्रमुख हुन । गुलरियाका जनताको मुहार खुसी देखेपछि मात्र विदेश भ्रमण गर्ने उनको योजना छ । तीन वर्ष सम्ममा कार्यालयको खर्चमा काठमाडौं सम्म नपुगेका नगर प्रमुख सायदै देशभरमा एक्ला हुन यादव ।

कति बैठक,अनुगमन भनेर बोलाएका हुन्छन–तरयादवले भने गुलरिया नगरपालिका छाडदैनन् । मलाई  जनताले विकास गर्न पठाएका हुन म कहाँ घुम्न जाउँ,समय थोरै छ उनले भन्ने गर्छन ।

उनको कार्यकक्ष प्रवेशमा सेवाग्राहीलाई पहिलो प्राथामिकता छ । प्रशासक र नेता भन्दा पनि जनताको काम गर्न सकेमा उनी सन्तुष्ट हुन्छन् । यादव भन्छन–‘मलाई जनताले यो कुर्सीमा बसालेका हुन, मैलै जनताको काम गर्ने हो,अरु भनेका तपसिलका कुरा हुन ।’ चाडपर्व नजिकिदै गर्दा यतिखेर नगरबासी चित्त बुझाउँन यादव तल्लिन छ । नगर प्रमुख यादव भन्छन ‘अहिले गाली गर्नु भएको होला, नगरपालिका विकासको क्रममा छ,छ महिना भित्र नगरपालिका सुन्दर बन्छ तब बल्ल मैले माया पाउँछु ।’

गुलरिया नगरपालिकाका नगरबासीलाई नगरप्रमुख यादवले संदेशमुलक दशैंको शुभकामना पनि दिएका छन् भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर