सोमबार, कार्तिक ०३, २०७७
मा प्रकाशित
0
Shares
३ कार्तिक, बर्दिया । बर्दियामा २६ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा २ सय ८७ जनामा गरिएको परिक्षणमा बर्दियाका २६ जनालाई कोरोना संक्रमण देखिएको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।
संक्रमित मध्ये गुलरिया नगरपालिकाका १० जना, राजापुर नगरपालिकाका ६ जना, बाँसगढी नगरपालिकाका ३ जना, गेरुवा गाउँपालिकाका ४ जना, बढैयाताल गाउँपालिकाका २ जना र मधुवन नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित मध्य १९ जना पुरुष संक्रमित र ७ जना महिला संक्रमित रहेका छन् ।