मङ्गलबार, कार्तिक ०४, २०७७
मा प्रकाशित
0
Shares
४ कार्तिक, बर्दिया । मंगलबार बर्दियामा ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा ३ सय १७ जनामा गरिएको परिक्षणमा ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाका ३ जना, बारबर्दिया नगरपालिकाका २ जना, राजापुर नगरपालिकाका २ जना, गुलरिया नगरपालिकाका एक जना र मधुवन नगरपालिकाका एक जना रहेको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।
जसमध्ये ४ जना महिला संक्रमित र ५ जना पुरुष संक्रमित रहेका छन् ।