बर्दियामा ११ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित

बर्दिया, कार्तिक ५ । बर्दियामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा १ सय ९२ जनामा गरिएको परिक्षणमा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये बर्दियाको गुलरिया नगरपालिकाका ५ जना, मधुवन नगरपालिकाका ४ जना र बढैयाताल गाउँपालिकाका २ जना रहेको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।

जसमध्ये ३ जना महिला संक्रमित र ८ जना पुरुष संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर