बर्दियामा १० जनामा कोरोना संक्रमण पुष्टि
बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

६ कार्तिक, बर्दिया । बर्दियामा १० जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा १ सय ९१ जनामा गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये बर्दियाको गुलरिया नगरपालिकाका ४ जना, बाँसगढी नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका २ जना, गेरुवा गाउँपालिकाका एक जना र राजापुर नगरपालिकाका एक जना रहेको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।

जसमध्ये ४ जना महिला संक्रमित र ६ जना पुरुष संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर