निर्मल घिमिरे
(टिप्पणी)
बर्दिया,कात्तिक ८
जब जब चाड पर्व आउछ । पर्वकै नाममा खेल आयोजना हुन्छ ।यस्तो धन्धा बर्सो भरि भएपनि दशै र तिहार नजिकिदै गर्दा झन मौलाउँछ । त्यसमा स्थानीय सरकारको बेहिसाव बजेट खर्च हुन्छ । खेलकुदको नाममा दशै,तिहारमा कमाउँ धन्धामा व्यक्ति लाग्छ । बिभिन्न सार्वजनिक पदमा आशिन व्यत्तिले नै ठूला चाड पर्व (दशै र तिहार) खेलकुदको नाममा लाखौ खर्च गर्छ । खेलकुद्का राष्ट्रिय अन्तराष्ट्रिय आधिकारीक संघ संस्था मुख दर्शक बन्छ । जसले गर्दा खेलाडीको भविष्य अन्यौल भईरहेको छ । आधिारीक संघ संस्था जिवित रहने अबस्थामा छैनन् । यस्तो नियति देश भरिमा भोग्न परेको होला । तर, यस्ता मानिस समय समयमा जनप्रतिनिधि र राजनेताको रुपमा आफुलाई चिनाई रहेका छन् ।
प्रजातन्त्र,लोकतन्त्र हुदै मुलुकमा गणतन्त्रका लागि बामे सरिरहेका बेला र संघिय लोकतान्त्रिक गणन्तन्त्रको अभ्यास भईरहेको बेलामा आखामा छारो हालेर खेलकुदको नाम वेचेर लाखौ रुपैया कमाई गरिरहेका छन् । विचरा खेलाडी र खेलाडी उपादन गर्ने आधिकारीक निकाय निरिह बनेका छन् ।‘खेलाडी छनोट गर्ने आधिारीक निकायले गर्ने हो,व्यक्तिले होइन,’खेलका एक बिज्ञ भन्छन‘आधिारीक निकायको मन्टो निमोठेपछि राम्रो खेलाडीको कसरी राष्ट्रिय र अन्तराष्ट्रिय संजालमा जोडिन्छ ?,सरकारी रकम समाजाजिक संस्था खोलेर व्यक्तिले कुमल्याइरहेको यहि तितो सत्य हो ।’
राजनितिक परिवर्तन भईरहेको अबस्थामा स्थानीय सरकारको नाममा लाखौ खर्च गरेर दशै र तिहार विलाशी तरिकाले मनाउँन बिगत देखि केहि सफल भईरहेका छन् । बिडम्वना राष्ट्रिय र अन्तराष्ट्रिय जगतसंघ जोडिएका फुटवल संघ,व्याडमिन्टन ,भलिवल र क्रिकेट संघ आबद्ध खेलाडी र पदाधिकारीलाई एउटा कोठाको भाडा तिर्न सक्दैनन् । बर्षो देखि खेलकुदमा भएको करौडौ लगानी अन्तत्वगत व्यक्ति मोटाउँने संस्था दुब्लाउने काम भईरहेको छ ।
आधिकारीक निकायका पदाधिकारी खेलाडी सामु लाचार बन्नु परेको ज्वतन्त उदाहरण बर्दियमा देखिन्छ । बर्दियाको हकका खेलकुदको नाममा लाखौ खर्च गर्ने गुलरिया नगरपालिकामा वडानं ५ र ६ नम्बर हुन ।अन्य वडाले समाजिक संस्थाको नाममा व्यत्तिलाई खेलकुदको नाममा पैसा दिन नसक्ने बताइसकेका छन् । अन्य ७ वटा स्थानीय तहले खेलकुदको नाममा व्यत्तिलाई पोसिरहेको तथ्य भेटिएको छ । त्यबाहेक गुलरिया नगरपालिकाले पनि खेलकुदको विकासको नाममा खर्च भएको छ । तर,कस्ता व्यक्तिले खर्च गरिरहेको बजेट हिसाव मागेर मौलाउदो भष्टाचार रोक्न पर्ने स्थानीय पदाधीकारीले माग गरेका छन् ।
आधिकारीक निकायको समन्वय विना खर्च नभएको रकम चर्को दबावमा नगरपालिकाले खर्च हिसाव मिलान गरिरहेको छ । तितो यथार्थ नगरपालिकाका कर्मचारी स्वीकार्न बाध्य छन् ।
उक्त खेलकुदको रकम निर्वाचित जनप्रतिनिधिले नै खर्च गर्ने गरेको फेलापारेको छ । एक वर्ष मात्र होईन बर्षो देखि त्यसरी गोप्य रुपमा खर्च गरिरहेको पाईएको हो ।कतिपय खेलको बजेटको बिल र र्भपाई मात्र पेश भएको स्रोत बताउँछन । दुई वर्ष अघि फुटवल गराउँने तीन लाख बरारबको रकम खेल नगराई खेलको रकम भुक्तानी लिइसकेको स्रोतको आरोप छ ।
तर,त्यसरी भईरहेको लाखौ खर्च दशै र तिहार मनाउँने पर्वमा केहि आसेपासे व्यत्तिले सिमित गरिरहेका छन् ।
यस्तै,जिल्लामा हुने खेलकुदको खर्चमा लाखौ खर्च भईरहेको अनिमियतताको बारेमा हिसाव कितावको बारेमा विलभर्पाई हेरि हिसाव मिलान अख्तियार प्राप्त निकायले गरिदिन पर्ने खेलकुद सम्बद्ध पदाधिकारीको माग छ । खेलकुदको व्यबसायीक रुपमा खेलाडीको विकास गर्न पर्ने जोड हुदा हुदै पनि आधिकारीक निकायलाई वेवास्ता भईरहदा जिल्लाको समग्र खेलकुदको अवस्था जर्जर भईरहेको छ ।
जिल्ला स्थित स्थानीय तहले बर्सेनि एक करोडको हाराहारीमा खेलकुदमा खर्च गरेको रेकर्डमा देखिन्छ । फुुटवल संघलाई गुलरिया नगरपालिकाको बजेट ५० हजार विनियोजन गरेर खर्च गर्न दिएको छ ।अन्य तहले खेलकुदको नाममा आफ्ना नेता र कार्यकर्ता पोसिरहेका छन् । जुन प्रत्यक्ष निर्वाचनबाट चुनिएका जनप्रतिनिधि हुन । निरिह संघले ५० हजार बजेटबाट रकम बचाएर संघले चारवटा कुर्सी किनेको छ । संघले गराएका प्रतिस्पर्धामा छनोट भएका चार वटा खेलाडी नेशनल गेमका लागि सिफारिस गरेको यो गतिलो उदाहरण हो ।तर,लाखौ खर्च गर्ने व्यत्तिगत सामाजिक संस्थाले खर्च गरेको बजेट बालुवामा पानी खनाए सरह भएको छ ।
प्रत्येक महिना तिर्न पर्ने चार हजार पनि संघले खल्तीवाट तिर्न परेको फुटवल संघका अध्यक्ष अजित राज भण्डारीले बताए ।‘म अहिले चुनिएर अध्यक्ष भए’उनले भने,‘तर संस्था जिवित भए मजस्तै अध्यक्ष अरु बन्लान र खेलाडी उत्पादन संघले गर्ला ।’यस्तै,बिडम्वना क्रिक्रेट संघको रहेको संघका अध्यक्ष विनयराज भण्डारीले वताए ।‘आधिकारी संघ र संस्थाको समन्वय विना सामाजिक संस्था मार्फन स्थानीय तहमा खेलकुदमा नाममा भईरुहेको बजेट दुरुपयोग रोक्न जरुरी भएको उनी वताउँछन् ।
यस्तै बर्दिया जिल्लामा व्याडमिन्टन संघ बजेट नहुदा कार्यालय स्थापना हुन सकेको छैन । जिल्लामा अहिले सम्म संघले २० हजार बजेटमा दशै लक्षित व्याडमिन्टन आयोजना ग¥र्यो ।बर्सेनि व्याडमिन्टनमा लाखौ खर्च भएपनि जिल्लाका खेलाडीले कुनै पनि नेशनल गेम खेल्न नपाउँनु दर्भाग्य सावित भएको छ । समाजिक संस्थालाई वडाले रकम दिनु दर्भाग्य भएको स्थानीय वताउँछन् ।
तर,अन्य संस्थाको नाममा लाखौं खर्च हुदा खेलकुदका आधिकारी संघमा चरम आर्थीक अभाव छ । तर,कुनै खेलकुद विकास गर्न खेलाडी आधिकारी संघले छनोट गर्ने संघका अध्यक्ष वालकृष्ण वलिले बताए ।‘कमाउँ धन्धा गर्न जुन क्लवले खेलाए पनि भयो,’उनले भने,‘राम्रो खेलाडीको भविष्य निर्धारण आधिारीक संघले गर्ने हो,मनलाग्दी खर्च गरिने बजेट न खेलाडी पनि छनोट हुन सक्दैनन,जसले खेलाडी भविष्य अन्योल भईरहेको छ ।’ बिद्यालय अन्तरगत हुने खेलमा जसरी आधिकारीक निकायको समन्वयमा खेल हुन सकेमा खेलकुदको विकास हुने उनको भनाई छ ।