शनिबार, कार्तिक ०८, २०७७
मा प्रकाशित
0
Shares
८ कात्तिक, काठमाडौं । शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् ।
काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।