चितवनमा थप दुई सङ्क्रमितको मृत्यु
आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित

९ कात्तिक, चितवन । कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै पुरानो मेडिकल कलेजमा रौतहट चन्द्रनिगाहापुर नगरपालिका-१ कि ७७ वर्षकी महिलाको मृत्यु भएको छ । निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको र सोही दिन मृत्यु भएको हो । उनमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । साभार अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर