बिहिबार, कार्तिक २०, २०७७
मा प्रकाशित
0
Shares
२० कार्तिक, काठमाडौं । नेपालमा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ३ हजार ५१ संक्रमित थपिएका हुन्।
हालसम्म देशभर कोरोनाबाट संक्रमण हुनेको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।