बर्दियामा सवारी दुर्घटनामा हुँदा दुईको मृत्यु
आइतबार, कार्तिक २३, २०७७ मा प्रकाशित

२३ कार्तिक, बर्दिया । नेपालगंज­­-गुलरिया सडकखण्ड अन्र्तगत पर्ने पचासा स्थित सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बढैयाताल गाँउपालिका वडा नं. ८ स्थित शनिबार राति ट्रयाक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुबै जनाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

भे ३ प ७८७० नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नं. को ट्रयाक्टर एक आपसमा ठोक्किदा २५ वर्षीय अर्जुन रिमाल र २३ वर्षीया ललिता रिमालको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रयाक्टर र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाका कारण नखुलेकोले अनुसान्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर