विराटनगर — तिहार र छठ पर्वलाई लक्षित गरी जोगबनी नाकाबाट एक करोड रुपैयाँभन्दा बढी बराबरको झिलिमिली बत्ती र सवा आठ करोडको भाइमसला आयात भएको छ ।
Cत्यसैगरी अघिल्लो वर्ष जोगबनी नाकाबाट ३५ लाख १२ लाख मूल्यको ६० हजार १८६ केजी फूल भारतबाट आयात भएको थियो ।
तिहार र छठ पर्वका नाममा मुलुकका सबै नाकाबाट सवा अर्ब मूल्य बराबरको भाइमसला भित्रिँदा जोगबनी नाकाको हिस्सामा ८ करोड २७ लाख ७६ हजार परेको छ । चालु आर्थिक वर्ष जोगबनी नाकाबाट नरिवल ५८ लाख ७१ हजार, काजु २ करोड ७७ लाख ३० हजार, हाडे बदाम ५ करोड ३ लाख ७१ हजार र किसमिस ८ लाख मूल्य बराबरको आयात भएको भन्सार कार्यालयको तथ्यांक छ ।
गत वर्ष यो नाकाबाट भाइमसलाको नाममा नरिवल, काजु, छोकडा र किसमिस २० करोड ९३ लाख १३ हजार मूल्यको आयात भएको थियो । भन्सारको तथ्यांकअनुसार गत वर्ष ५७ लाख ६८ हजार रुपैयाँ बराबरको नरिवल, २ करोड ४३ लाख ६६ हजारको काजु, १७ करोड ७५ लाख ४६ हजारको छोकडा र १६ लाख ३१ हजार बराबरको किसमिस आयात भएको थियो । साभार कान्तिपुर दैनिक