करोडौं ठगेर फरार भएका तिमिल्सिना पक्राउ
मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित

२५ कार्तिक बर्दिया(फरक समाचार) एनसेल र स्थानियको करोडौं रुपैयाँ खाएर फरार भएका बर्दियाका मधुसुदन तिमिल्सिना सुर्खेतबाट मंगलबार पक्राउ परेका छन् । बाँके प्रशासनले लामो समय देखि उनी नजिकका बेक्ती हरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।कल डिटेल लगायतका सूचना संकलन गरेको बाँके प्रहरीले तिमिल्सिना लाई सुर्खेत बाट पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । एनसेलका संचालक सँग लेनदेनको कागज भएपनि अरु पीडित सँग लिएको रकमको पनि अनुसन्धन गर्न पीडितले माग गरेका छन् । तिमिल्सेनाले ७ करोड रुपैयाँ ठगी गरेको पीडितको दाबी छ ।तिमिल्सिना सँग साँठगाँठ भएकाको पनि प्रहरी अनुसन्धन गरेर पीडित लाई रकम उपलब्ध गराई दिन पर्ने पीडित को बाँके प्रशासनसँग माग गरेका छन् । प्रहरीले एनसेलको मात्र पैसा फिर्ता गराउने सर्तमा तिमिल्सिना ले आत्मसमर्पन गरेको पीडितले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर