दलबहादुर सुनार
बर्दिया पुस ८ / बढैयातालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रभाबकारी नभएको एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । प्लान नेपालको सहयोगमा बि ग्रुप बाँकेले आयोजना गरिएको बृहत यौन शिक्षा, प्रजनन स्वास्थ्य र अधिकारका बिषयमा मंगलबार भएको सम्बाद कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रभाबकारी नभएको सहभागिहरुले बताएका हुन् ।
बढैयातालका उपाध्यक्ष दिपाकुमारी गौतमको अध्यक्षतामा भएको सम्वाद कार्यक्रममा बढैयातालका नागरिकको स्वास्थ्य सेवामा पहँुच बनाउनको लागि बिषेशज्ञ चिकित्सक सहितको अस्पताल बनाउन पहल गर्नु पर्ने, पहचुँयुक्त स्वास्थ्य संरचनाको विकास गर्नु पर्ने, बिशेष प्राथमिकताका साथ स्वास्थ्य नीति बनाउनु पर्ने, किशोरी मैत्री स्वास्थ्य सेवा किल्निकको ब्यबस्था गर्नु पर्ने, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धि मेन्यूल बनाई सचेतनाका कार्यक्रम संचालन गर्नु पर्ने लगाएतका बिषयमा छलफल गरिएको थियो ।
कुल जनसख्याको ५४% महिला र करिब १० हजार किशोरी भएको बढैयाताल गाउँ पालिकामा यौन, प्रजनन स्वास्थ्य सम्बन्धि बिशेष नीति तथा कार्यक्रम नबनाएको किसोर किसोरीले सम्वाद कार्यक्रममा दुखेसो गरेका थिए । स्वास्थ्य क्षेत्रमा १०% बजेट बिनियोजन गर्नु प्रावधान भएता पनि पालिकाले स्वास्थ्य क्षेत्रमा झण्डै ७% बजेट बिनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडैले जानकारी दिए ।
सम्वाद कार्यक्रममा प्रमुख पौडलले बढैयातालको स्वास्थ्य सेवाको अवस्थाको बारेमा जानकारी गराउदै आवधिक स्वास्थ्य नीति र स्वास्थ्य सरसफाई सम्बन्धि बनाउने क्रममा भएको भन्दै प्राथमिक स्वास्थ्य केन्द्रबाट किसोर किसोरी मैत्री परामर्शको सेवा दिदै आएकोे जानकारी दिएका थिए ।
यौन तथा प्रजनन स्वास्थ्य सेवाको सुबिधालाई गाउँसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको सम्वाद कार्यक्रममा मानब अधिकारकर्मि सुशिल चौधरीले सहजिकरण गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी , नागरिक समाज संजाल बढैयातालका संयोजक बालकृष्ण लामिछाने , स्वास्थ्य चौकीका प्रमुख , महिला शाखाका प्रमुख लगाएत सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बि ग्रुपका संयोजक दिनेश चौधरीले स्वागत र कार्यक्रमको उद्देश्यमाथि प्रकास परेको फिल्ड स्टाफ कृष्ण चौधरीले जानकारी दिए । नेपालको संबिधानले मौलिकहकमा ब्यबस्था गरेको स्वास्थ्यको अधिकारलाई सुनिश्चितता गर्नका लागि पालिकाले बिषयगत बिज्ञ र सरोकारवालाहरुको सहभागितामा आवधिक स्वास्थ्य नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गरेमा मात्र नागरीक मैत्री स्वास्थ्य सेवा प्रभाबकारी बन्न सक्ने सहभागीहरुले बताए ।