थकाइ लागेर जुन ढुंगामा अढेस लागिन्, त्यसैले किचेर ज्यान गयो
शनिबार, चैत २८, २०७७ मा प्रकाशित

चैत २८,(फरक समाचार)/ मोरङ केराबारी गाउँपालिका-८ आमजुङकीकी ४५ वर्षीया कुमारी लिम्बू शुक्रबार खदम खोलामा ढुंगा टिपिरहेकी थिइन्।

उखरमाउलो गर्मीबीच तातिएको बगरमा ढुंगा टिपिरहेकी लिम्बू १ बजेतिर थकाइ लागेर बस्न खोजिन्।

प्रहरीका अनुसार नजिकै सितलता दिने छहारी भेटिनन्।

उनले केही पर ठूलो ढुंगो देखिन्। त्यही ढुंगामा अढेस लागेर बसिन्।

तर, त्यो ढुंगो जमिनमा दह्रोसँग अडिएको थिएन भन्ने लिम्बूलाई पत्तै भएन।

अकस्मात् ढुंगो पल्टियो। ढुंगोले लिम्बूलाई किच्यो।

यसरी किच्दा लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

लिम्बू खदम खोलामा ढुंगा टिपेर जम्मा गर्ने र त्यही बेचेर जीविकोपार्जन गर्ने गर्थिन्।सेतोपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर