नेभर सेकेन्ड आरती पौडेल !
सोमबार, असार १६, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया,असार १६ / ‘हुने विरुवाको चिल्लो पात’भन्ने उक्ति बारबर्दिया नगरपालिका– ५ स्थित एसईईमा उत्कृष्ट नतिजा ल्याउँन सफल आरती पौडेलले चरितार्थ गरेकि छन् । नर्सरी देखि एसईई सम्मको पढाईमा उनी कहिल्य सेकेन्ड भईनन,सधंै प्रथम स्थान सुरक्षित गर्न सफल भईन् ।
सुरु देखि नै पढाईमा अब्बल भएको संकेत देखाईरहेकि स्मरण गर्छन् प्रअ भिमसेन गिरी ।

उनले सधै अध्ययनलाई निरन्तरता दिईरहिन् । पढाईबाट बिचलित नहुनुले सफलताको सिढि चढ्न सहज भएको प्रअ गिरीको अनुभवले भन्छ,‘हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको खस्रो पात ।’

बिद्यालय र परिवारको साथले उनलाई आज सफलताको नजिक पुराएको छ । चार जिपिए ल्याएर उनी खुसी मात्र भएकि छैनन,आफु पढेको बिद्यालय चिनाएकि छन् भने परिवारको खुसी बाडेकि छन् । नियमित बिद्यालय जाने, बिद्यालयमा हरेक बिषयमा रुचि दिएर पढ्ने र रिभिजन मार्फत पोख्त भईरहने उनको स्वभावले उनलाई पढाईमा मेधाबी बनाएको हो ।

ग्रामिण क्षेत्रको बिद्यालयमा अध्ययन गरेकि उनलाई पढाईले जिल्ला माँझ चिनाएको छ । रोजगारीका लागि बिदेशिएका बुवा घनश्यामको छोरीले श्रमको मूल्य चुकाउँदा घर खुसहाल बनेको छ । बिदेशमा रोजगार गर्दाको पिडा छोरीले फिर्ता ल्याउँदा घनश्यामको परिवारमा खुसीले सीमा नाघेको छ ।

एसईई परिक्षामा छात्राबृत्रिमा पढेकि छात्राले एसईईको नतिजामा जिल्लाको उत्कृष्ट अंक प्राप्त गर्न सफल भएकि छन् । चार जिपिए ल्याएर बारबर्दिया ६ स्थित जयनगरकि आरती जिल्लामा उत्कृष्ट नतिजा ल्याउँन सफल भएकि हुन् ।

उक्त बिद्यालय ग्रामिण क्षेत्रको बारबर्दिया नगरपालिका अन्र्तगत पर्दछ । जिल्लाकै उत्कृष्ट छात्रा पौडेल स्थानीय द भ्वाईस एकेडमि स्कुलमा अध्यनरत थिईन । नर्सरी देखि स्थानीय बिद्यालयमा अध्ययनरत उनी नेभर सेकेन्डको पहिचान बनाउँन सफल भएको प्रअ भिमसेन गिरीले बताए । ‘नर्सरी देखि आरती कहिल्य सेकेन्ड भईनन,’उनले भने,‘सधै प्रथम हुने उनी एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भईन् ।’

उनका अनुसार मेधावी छात्रा भएको र आर्थीक हिसाबले मध्यम बर्गिय परिवारकि पौडेललाई पचास प्रतिशत छात्राबृत्रि दिएर विद्यायलले अध्यापन गराईरहेको थियो । उक्त विद्यालयबाट २२ जना एसईईमा सहभागी भएका थिए । ५ जना एप्लस,१४ जना बिप्लस जिपिए प्राप्त गरेका छन् । जिल्लाबाट एसईई परीक्षामा पाँच हजार दुई सय ८९ जना बिद्यार्थी सहभागी थिए । पास प्रतिशत ५६ दशमलब ४ प्रतिशत रहेको शिक्षा एकाई तथा समन्वय कार्यालयका प्रमुख सुर्य खत्रिले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक गिरीका अनुसार, ‘उनले नियमित समय तालिका र अतिरिक्त अध्ययनमार्फत यो सफलता पाएकी हुन् ।’ उनी आफ्ना अभिभावक, गुरुहरू र साथीहरूको सहयोगले यो उपलब्धि प्राप्त भएको बताउँछिन् । उनले भन्छिन्, ‘मेरो सफलता अरू विद्यार्थीहरूका लागि प्रेरणा होस् भन्ने मेरो चाहना हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर