बर्दिया,साउन १६(फरकसमाचार) / उद्योग वाणिज्य संघ गुलरियाले खुला सिमामा देखिएको समस्याको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र(मंगल)पाण्डेले प्रजिअ पौडेललाई शुक्रबार चार बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बर्दिया जिल्लाको भारतसंग खुल्ला सिमाना छ । खुला सिमाहरुबाट हुने अबैध कारोबार तथा पारिका बजारले नेपाली बजारमा परिरहेको नाकारात्मक प्रभावका कारण नेपाली व्यवसायी मर्कामा परेको छन् ।
सस्तो मुल्यका भारतिय वस्तुहरुको अवाध प्रवेशले स्थानीय उत्पादन र व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भएको छ र राजस्व असुलीमा समेत असर परिरहेको प्रजिअलाई बुझाईएको पत्रमा उल्लेख छ ।
खुला सिमाबाट हुने अवैध कारोबार नियन्त्रण तथा सिमा क्षेत्रमा निगरानी थप प्रभावकारी बनाउन, सिमा पारिका बजारहरुसंग प्रतिस्पर्धा गर्न नेपाली व्यवसायीलाई संरक्षण दिने नीति र व्यवस्था अवलम्बन गर्न पहल गर्न, सरकारको राजस्व असुलीलाई प्रभावकारी बनाउने व्यवस्था मिलाउन र किसानहरुलाई समयमा मल उपलब्ध गराउने सम्बन्धमा उद्योग वाणिज्य संघ गुलरियाले प्रजिअ पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।