लागू औषध सहित एक पक्राउ
बिहिबार, मङि्सर ०५, २०८२ मा प्रकाशित

बर्दिया,मसिर ३/ लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ सिमराबाट प्रहरीले लागू औषधसहित प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला बाँके बैजनाथ गाउँपालिका–५ भनकटुवाका २३ वर्षीय इन्सेक थारु रहेका छन् । शंकास्पद रूपमा पैदल हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा ४ ग्राम ६ सय १० मिलिग्राम लागू औषत ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

थारुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको डिएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय