गोली लागेर युवकको मृत्यु
सोमबार, मङि्सर २३, २०८२ मा प्रकाशित

बर्दिया,मंसिर २१ / गोली लागेर एक युवकको मृत्यु भएको आशंका गरिएको छ । दाङ तुल्सीपुर उप–महानगरपालिका–५ का अन्दाजी २८ वर्षीय निरज थारुलाई गोली लागेर आइतबार मृत्यु भएको आशंका गरिएको हो ।

राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारु रेस्टुरेन्टसंगै जोडिएको खरले छाएको घरमा बिहान साढे ८ बजे निरज अचेत अवस्थामा भेटिएका थिए ।

उपचारको लागि नेपालगंज पु¥याउँदा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी कविन्द्र सिंह बोहराले बताए । ‘रेस्टुरेन्टकी संचालक राम कुमारी थारुले खबर गरेपछि घटना स्थलमा प्रहरी पुगेको थियो,’उनले भने,‘मृतको दुवै कानको तल प्वाल देखिएको छ,पोष्टमार्टमपछि थप कुरा खुल्नेछ ।’ सोधपुछको लागि एक जनालाई नियन्त्रणमा लिएको र फरार एक जनाको खोजी कार्य भईरहेको डिएसपी बोहराले जानकारी दिए ।

दाङ तुल्सीपुर नगरपालिका–६ का ५० वर्षीय महाबिर चौधरीले हाल राजापुर नगरपालिका–४ स्थित संचालन गरेको कुखुरा फर्ममा निरज थारुले काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय