बुधबार, पुष ०९, २०८२
मा प्रकाशित
1912
Shares
बर्दिया,पौष ९(फरकसमाचार) / लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ सतपतियाका २४ वर्षिय आदेश थारुलाई लागु औषधसहित प्रहरीले सोमबार पक्राउ गरेको हो ।
शंकास्पद रुपमा रहेका थारुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा २ सय ६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
थारुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान भईरहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

