विद्याज्योति माविमा अक्षयकोषको लागि ६१ लाख बढी रकम संकलन
शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित

बर्दिया,पौष १८(फरकसमाचार)/ विद्यालयमा अक्षयकोष स्थापनाका लागि रु ६१ लाख बढी संकलन भएको छ । बढैयाताल गाउ“पालिका–८ कण्ठपुर स्थित रहेको श्री विद्याज्योति नमुना माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाको लागि रु ६१ लाख बढी संकलन भएको हो । विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी, पूर्व शिक्षक, हाल कार्यरत शिक्षक कर्मचारी, समाजसेवी, अभिभावकलगायत संघ संस्थाले विद्यालयमा अक्षयकोष स्थापनाको लागि रकम सहयोग गरेका छन् ।

 

विद्याज्योतिद्वारा बिहीबार आयोजित स्वर्ण महोत्सव समारोहमा मन्तव्य राख्दै आफुले अध्ययन गरेको विद्यालयको शैक्षिक विकासको लागि यति ठुलो सहयोग सह्रानिय रहेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताए । ‘म मन्त्री भईसकेपछि मेरो विद्यालय मेरो दायित्व भन्ने नाराका साथ लुम्बिनी प्रदेका ४ हजार ४ सय ३९ विद्यालयमा एकै पटक कार्यक्रम गर्ने उदेश्यले अघि सरे र केही विद्यालयमा त्यो सन्देश पनि दिएका थियौं,’मन्त्री तिमिल्सिनाले भने,‘अहिले प्रदेशका १ सय ९ पालिकामै त्यो सन्देश दिनुपर्छ,किन की पुर्व विद्यार्थीहरु आफुले पढेको विद्यालयमा उपस्थित हुन अति आवश्यक छ, यस विद्यालयमा पढेका पुर्व विद्यार्थी यो ओहदासम्म पुगेको,रोजगारी पाएको देखेर अहिले अध्ययनरत विद्यार्थीको लागि सिकाई बन्न सक्छ ।’

विद्यालयका पुर्व विद्यार्थी विश्वराज पौडेलको लागतमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण गरिएको छ । नवर्निमित स्वर्ण स्तम्भको पौडेल परिवार र मन्त्री तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

विस २०३२ सालमा स्थापना भएको विद्याज्योति मावि पुस १७ गते बिहीबार ५० वर्ष पुगेको छ । स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापनाको लागि ४५ जनाले रु ६१ लाख ८३ हजार ९ सय ९३ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भक्ति सागर रेग्मीले जानकारी दिए ।

ठुलो राशीको स्थापना हुने अक्षयकोषले विद्यालयको दीर्घकालीन शैक्षिक विकासमा मद्दत पु¥याउने विद्यालय परिवारको विश्वास छ । स्वर्ण महोत्सव समारोहमा स्वर्ण स्तम्भ, सरस्वती मन्दिर अनावरण, स्वर्ण स्मारिका विमोचन, सहयोगीदातालाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय