कठ्यांग्रिदो जाडोमा पाण्डेले दिए विपन्न बालबालिकालाई न्यानो कपडा
शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित

बर्दिया,पौष १८(फरकसमाचार) / पछिल्लो समय बिहान देखि बाक्लो हुस्सु लाग्नुका साथै कठ्यांग्रिने जाडोले जनजीवन कष्टकर बन्दै गएको छ । हुनेले बाक्लो न्यानो कपडा लगाएर जाडोको सामना गरिरहेका छन् । तर,बाक्लो कपडा किन्न नसक्ने अतिविपन्न परिवारका बालबालिका कठ्यांग्रिदो जाडोमा पनि पातलो कपडा लगाउन बाध्य छन् ।

कठ्यांग्रिदो जाडोमा उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डेले विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । पाण्डेले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।

पाण्डेले श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अध्ययनरत अतिविपन्न परिवारका ४२ जना विद्यार्थी न्यानो कपडा वितरण गरेका छन् । यस्तै श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलगायत अन्य ठाउँका एक सय बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । न्यानो कपडा पाएका विपन्न परिवारका बालबालिका खुसी देखिएका छन् ।

जन्मदिनको अवसरमा होटलमा पाटी गरेर फजुल खर्च नगरेर कठ्यांग्रिदो जाडोमा अतिविपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डेले बताए । ‘पकेट खर्च कटाएर एक सय बालबालिकालाई न्यानो कपडा वितरण गरेको छु,’अध्यक्ष पाण्डेले भने,‘कठ्यांग्रिदो जाडोमा न्यानो कपडा पाएर बालबालिकाको अनुहारमा देखिएको खुसीले आत्म सन्तुष्टि मिलेको छ ।’

जन्मदिनको अवसरमा उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा दिएर मानविय र प्रशंसा योग्य काम गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय