शुक्रबार, माघ ०३, २०८२
मा प्रकाशित
1180
Shares
फरकसमाचार, बर्दिया, माघ २ /आज भूकम्प सुरक्षा दिवस मनाइँदै छ । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्न आज २८ औं भूकम्प सुरक्षा दिवस मनाइने हो । बिहीबार ’सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ २८औं भूकम्प सुरक्षा दिवस मनाउन लागिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
विस १९९० माघ २ गते ८.४ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको हो ।

