अभिनव कुमार पाठक, बर्दिया, माघ २ /गुलरिया र राजापुरमा निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएको छ । गुलरियाको मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार बिहान ११ बजे र राजापुरको साहायक निर्वाचन अधिकृतको कार्यालय दिउँसो ३ बजे औपचारिक रूपमा उद्घाटन हुनेछ । आउँदो निर्वाचनलाई लक्षित गरी स्थापना गरिएको उक्त कार्यालयले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक तथा प्राविधिक कामलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्य लिएको छ ।
स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिने तयारी रहेको बिष्णुचन्द्र नेपालीले बताए । मतदातालाई सहज सेवा प्रदान गर्ने, निर्वाचन प्रक्रियाबारे जानकारी दिने तथा गुनासो सम्बोधन गर्ने कार्य पनि यही कार्यालयमार्फत गरिनेछ । कार्यालय सञ्चालनमा आएसँगै राजापुर क्षेत्रमा निर्वाचनको तयारी थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
शुक्रबार, माघ ०३, २०८२
मा प्रकाशित
1255
Shares
ताजा समाचार
लोकप्रिय
© 2026, All rights reserved to Farak Samachar // Website By Lumbini Host

