महिला र किशोरीलाई आत्मरक्षा तालीम
शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

नेपालगञ्ज, फागुन १७ : महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिए ।

तालीममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । किशोरी एवं किशोरी समूहका सदस्य, बाल क्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्जको रंगशालामा फागुन २० देखि २४ गते बिहान ६ बजेदेखि १० बजेसम्म तालीम सञ्चालन हुने शाखा अधिकृत उनी जानकारी दिए ।

नेपालगञ्जमा भाटभटेनी

नेपालगञ्जमा शुक्रबारदेखि ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको छ । १८ औँ शाखाका रुपमा सञ्चालनमा आएको सो स्टोरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय, फर्निचरदेखि आवश्यक सम्पूर्ण सामग्री एउटै थलोमा पाइने जनाइएको छ ।

शुभारम्भको पहिलो दिन शुक्रबार खाद्यान्न र लत्ताकपडा सामानको खरिदमा १० प्रतिशत तथा विद्युतीय सामानमा २० प्रतिशतसम्म छुट दिनुका साथै निःशुल्क ढुवानी गरिने जनाइएको छ । यहाँको सो सञ्चालनमा भौतिक सम्पत्तिसहित करिब १५० करोड लगानी रहेको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर