फरार प्रतिवादी पक्राउ
मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित

बर्दिया,फागुन २५(फरकसमाचार)/ लागू औषध कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–९ का ३२ वषीय इश्वर परियारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

अदालतले विस २०८१ साल कात्तिक ४ गते लागू औषध मुद्दामा ९ महिना २४ दिन कैद सजाय, रु ५० हजार जरिवाना र रु १ हजार ८ सय पीडित राहत कोषमा जम्मा हुने गरी फैसला गरेको थियो ।

अदालतले सजाय र जरिवाना तोकेदेखि परियार फरार रहेका थिए । आफ्नै घरमा लुकिछिपि बसिरहेको अवस्थामा परियारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर