लागू औषधसहित पाँच पक्राउ
मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित

बर्दिया,फागुन २६ (फरकसमाचार) / लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका स्थितबाट ३ र बारबर्दिया नगरपालिकाबाट २ जना गरी पाँच जनालाई प्रहरीले लागू औषधसहित शुक्रबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

राजापुर नगरपालिका–४ घुमना स्थित सोही ठाउँका ३२ वर्षीय राम मिलन चौधरी, गेरुवा गाउँपालिका–६का २३ वर्षीय अशोक श्रेष्ठ र २९ वर्षीय समिर चौधरीको साथबाट ५ ग्राम २ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ र डिजिटल तराजु फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै बारबर्दिया नगरपालिका–३ झुण्डिपुर स्थित वडा नंम्बर ३ का ३४ वर्षीय प्रदिप कुमार थारु र वडा नंम्बर ४ का १९ वर्षीय निशान्त थारुको साथबाट ६ सय ६० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । तीन जनालाई इलाका प्रहरी कार्यालय राजापुर र दुई जनालाई इलाका प्रहरी कार्यालय बनियाभारमा राखी आवश्यक अनुसन्धान भईरहेको डिएसपी प्रमेश बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर