गुलरिया, फागुन ३० : आलोचकले बेलाबखत उनलाई भन्छन–यूवा हो ,यूवाको जमातमा हिड्छ, गुडा गर्दी गर्छ । समाज सेवा भनेको ‘हात्तीको जस्तै देखाउँने दात’ हो ।कुशल नेतृत्व, क्षमता र समाज सेवा नदेख्ने त्यस्ता आलोचकलाई गतिलो जवाफ दिन थालेको छन, २९ वर्षे यूवा व्यवसायी बिमल केसीले ।
छाता संगठन निर्माण व्यबसायी संघमा आबद्ध केसीलाई आलोचक भन्ने यस्ता कुरालाई चिर्न केहि समय गाह्रो भयो । गुन्डा गर्दीको बिल्ला भिराईदिदा प्रहरी र प्रशासनको तारो बन्न पुग्दा कतिपटक व्यबसायमा धक्का पुगेको उनी स्मरण गर्छन । निर्माण व्यबसायी संघमा नेतृत्व गर्ने उनको क्षमता कुठाराघात गर्न नजिक कै आलोचक साथी भाई अघि देखेका उनले सबै कुरा चिर्दे अघि बढिरहेका छन् । उनको प्रतिभा सामु डाह गर्ने भन्दै हिड्छन–काँचो उमेरमा नेतृत्व सम्हाल्न सक्दैन ।
मेरो दोष हो कि उमेरका दोष खुट्टाउँन गाह्रो भएको बिमल केसीले सुनाए ।‘मलाई यूवा,बृद्ध र सचेत नागरिकको साथ छ, मेरो समुहका युवाको अलि बढि होला,’उनले भने,‘समाज सेवा देखि अन्य गतिबिधिमा सफलता मिल्दै आएको छ ।’उमेर कै कारण देखाएर काँचो भन्दा चित्त दुखेर आउँने गरेको उनले सुनाए । गुलरिया नगरपालिका ६ मा बस्ने २९ वर्षिय केसी र सहकर्मी प्रकाश श्रेष्ठ जिल्लामा हुने समाज सेवाको कामको लागी चौतर्फी आवश्यत्ता बनिसकेका छन् । राजनितिक आस्था नराखेरै चर्चामा आएको उनको आर्कषण यूवा जगतमा बढि छ । केसीसँग सामाजिक काम गर्न अधिकांश यूवापिडी एकबद्ध छन् ।
रोजगारका हरेक क्षेत्रमा यूवा पिडितमा समाबेश गर्न सफल भएका उनको उचो मनोवलमा पछिल्लो समय सबैको साथ छ ।यूवाहरुको सहभागितामा सात वर्ष अघि व्लाक बक क्लब स्थापना गरेका थिए उनले ।क्लब मार्फत ब्लड कलेक्सन,सरसफाई र समाजमा हितमा अग्रसर हुदाँ मिडिया मार्फत देशभरमै उनको चर्चा भयो ।सामान्य परिवार जेठा छोरा उनी गुलरियामा हुर्के बढेका हुन । आस्था केसीको कुनै पार्टीका होलान,तर राजनिति भन्दा उनी सामाजिक काममा अघि देखिदा उनका ओज बढेको छ ।
हरेक स्थानीय तहमा कामको जवाफदेहिता दिन सक्ने गरी काम गरेकाले केसी लोकप्रिय निर्माण व्यबसायी बन्न सफल भएका छन् । मधुवन नगरपालिकामा बनाएको उक्त सडककै कारण विपन्न बस्तीमा खुसी ल्यायो भन्दै मधुवन नगर प्रमुख कृष्ण केसील केसीको खुलेर प्रशंसा गरे । स्थानीय सरकारको काममा केसीको हातेमालो रहेको भन्दै केसीको नगर प्रमुखले खुलेर प्रशंसा गरेका थिए ।
‘निर्माण क्षेत्रमा काम गर्नेले नाफाका हकदार मात्र हुने गरेको धेरै सुनिन्छ ।तर,निर्माण व्यबसायमा समाज सेवा जोडिएको नाम खासै सुनिएको छैन । खर्च कटाएर समाज सेवा खर्चिने केसी निर्माण क्षेत्रका बिरलै पाईने ठेकेदारमध्ये एक हुन्’ गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव भन्छन,‘ मधुवन नगरपालिकामा चार सय मिटर सडक र गुलरियाको बिपन्न बस्तीमा घर निर्माण गरेर हस्तान्तरणको काम भर्खरै सम्पन्न गरेका छन् ।’
उनले बनाएको सडकले मधुवनका एउटा बस्ती हुलाकी मार्ग जोडेको छ भने एक परिवार पक्की घर निर्माण गरेर परिवारलाई नै खुसी ल्याएको उनले सुनाए ।
‘सरकारले गर्ने काम जस्तै गरी समाजसेवा गर्दा हामीलाई सहयोग पुगेको छ,’ गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव भन्छन ।सानै उमेर खर्च कटाएर दुखी गरिबिलाई सहयोग गर्ने सोचलाई सलाम गर्नु विकल्प नभएको उनले सुनाए ।