मायादेबी बजार चैत मसान्त सम्म बन्द
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

कपिलवस्तु, चैत ८ : कपिलवस्तुको मायादेबी बजार व्यवस्थापन समितिले आजदेखी एक महिनाका लागी हाटबजार बन्द गरिने जनाएको छ । कोरोना भाइरस (कोभिड-१९) को सर्तकता अपनाउनका लागी बजारव्यवस्थापन समितिले पनि सरकारकाे समर्थन गर्दै हाटबजार बन्द गर्ने निर्णय गरेको हाे ।

मायादेबी गाउपालिका को अध्यक्ष बजरङि चाैधरी, मायादेबि बजार ब्यवास्थापन समितिको अध्यक्ष प्रमत्मा वानिया, सचिव चन्द्र कुमार शर्मा  र जनपर्तिनिधिहरु बसेको आकस्मिक बैठकले कोरोना भाइरसबाट सर्तकता अपनाउन अनिश्चितता कालका लागी हाटबजार बन्द गर्ने, खरिदबिक्री नगर्ने , सभा , भेलासम्मेलन नगर्ने निर्णय गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । बर्रोहीया , पकडी , लबनी , चाकरचौडा लगायतका ठाउँमा हाटबजार लाग्दै आएको समितिका अध्यक्ष वानियाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर