सोमबार, चैत १७, २०७६
मा प्रकाशित
0
Shares
गुलरिया, चैत १७ : लकडाउँनमा खटिएका सुरक्षाकर्मी र क्वारेन्टाइनमा बसेकाहरुका लागि फलफुल र खाजा बाडिएको छ । गुलरिया निवासी युवा उद्ममी आशिष पोरवाल र युवा नेता अनुप यादवले नगरपालिकामा खटिएका सुरक्षाकर्मी र क्वारेन्टाइनमा बसेकाहरुका फलफुल, मिठाई र पानी वितरण गरेका छन् । पोरवालले यसअघि पनि अस्पतालमा बसेका विरामीहरूलाइ फलफुल र पानी वितरण गरेका थिए ।
त्यस्तै गुलरिया निवासी मनोज यादवले एक नम्वर वडाको क्वारेन्टाइनमा बसेका र त्यहा खटिएका सुरक्षाकर्मी लकडाउन अवधिभरी खाजा खुवाउने बताएका छन् ।