भदौ २५ (फरकसमाचार)
गणेशपुर–लक्षमणा(१३किमी ) र मैनापोखर–बाँसगढी(८किमी) सडक वा बिकासका काम अघि बढ्नु वा नबढ्नुमा नेकपाका बरिष्ठ नेता बामदेव गौतमलाई जोड्छन । संघिय निर्वाचनमा मतान्तर धेरै हुदा हुदै पनि सडक,पुल जस्ता स–साना बर्दियामा बिकासको काम गर्न नसक्ने नेता भन्दै आरोप लगाए ।सायद पराजय हुन पनि महत्वपुर्ण यि दुई सडक दशकौं सम्म बन्न नसक्नु हुन सक्ने आँकलन गर्छन । एक वर्ष अघि गणेशपुर–लक्षमणा र मैनापोखर–बाँसगढी सडक बन्यो । सडक निर्माण भएको एक वर्ष नबित्दै त्यहि सडक खाल्डा खाल्डैमा परिणत भएको छ ।
कम्तिमा पचास ठाउँमा पक्की सडक भत्केको छ । सरकारले अहिले सक्षम भन्दै नेता गौतमलाई राष्ट्रिय सभामा लगेको छ ।गौतमले निर्वाचनमा प्रतिस्पर्धा गर्ने र परीक्षणकाल ननाघेका यस्ता सडक पनि मर्मत हुन नसक्नु सर्बसाधरण कसको दोष देख्ने हुन वा निर्वाचनमा यसको भागीदार कसलाई बनाउँने हुन अनिश्चित छ ।