हिलरिया, धुलरिया र गुलरिया हुँदै पक्की गुलरियामा परिवर्तन हुन थालेको छ जिल्लाको सदरमुकाम गुलरिया । बर्खामा हिलरिया, हिउँदमा धुलरिया हुँदै पक्का गुलरिया बन्न थालेको सदरमुकाम तीब्र विकास भइरहेको भईरहेको छ । सडक पुर्वाधारले सम्पन्न हँुदै गरेको गुलरियामा चारलेन सडक बन्दैछ । ३५ किमि गुणस्तरिय पक्की सडक (अस्फाल्ट) बनिसकेको छ ।
ल्यान्डफिल्ड साईडमा अन्तिम चरणको काम भईरहेको छ । उक्त ल्यान्डफिल्ड साईड पश्चिम नेपालको नमुना ल्यान्डफिल्ड साईड हो । दिनदिनै विकास अड्डा प्रमुखसँग समन्वय र सहकार्य गर्दै नगरपालिका विकासको काममा अघि बढिरहेको छ । निर्वाचित लोकप्रिय नगर प्रमुख जनप्रतिनिधिले गुलरिया नगरपालिकामा जिम्मेवार पदमा बसिसकेपछि उनको नेतृत्वमा नगरमा धेरै काम भएका छन् ।
फलस्वरुप ग्रामीण भेगका जनताको पनि नगरमा सहज पहुँच भएको छ । सेवाग्राहीलाई सहज तरिकाले नगरपालिकाले दिन पर्ने सुविधा सँगै विकास अघि बढाउने चुनौतीसँगै गुलरिया नगरको मुहार फेरिन थालेको छ ।
अर्को तर्फ गाँउघरमै पालेका भैसी, बाख्रा लगायत अन्य सरसमानहरु नगरपालिकाबाट सिफारिस लिएर विक्रि गर्न जाँदा समेत नगरबासीले दुःख पाएका छन् । भारतबाट ल्याएको भन्दै प्रशासनले पक्राउ गरि भन्सार कार्यालयमा बुझाईदिने गर्दा नगरबासी प्रताडित हुन परेको नगर प्रमुख समक्ष गुनासो पुग्ने गरेको छ । कोरोना महामारीको बेलाबखत प्रहरी प्रशासनले जनतालाई सहयोग गर्नु भन्दा सताईरहेको गुनासो आउँदा नगर प्रमुख यादबलाई खपिनसक्नु भएको छ । प्रशासनले मल अभाव भएको बेला किसानलाई मल ल्याउन सहयोग नगर्दा गुलरियाका किसान प्रताडित हुन परेको देख्दा नगर प्रमुख यादब दुखी छन ।
कोभिड १९ को संक्रमण अवस्थामा काचुलि फेर्न थालेको गुलरिया नगरपालिका भित्र के के काम भएका छन् र के काम हुन थालेका छन ? आउने दिनमा गुलरिया नगरको विकास निरन्तर रुपमा अघि बढ्छ त ? जनताको हितमा नगरपालिकाले के काम गरेको छ ? विकास र संक्रमण नियन्त्रणका लागि नगरपालिकाले के कस्ता काम गरिरहेको विषयमा फरकसमाचार अनलाईनसँग गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवसँग भएको भिडियो वार्ता ।