आइतबार, असोज ०४, २०७७
मा प्रकाशित
0
Shares
असोज ४, बाँके । बाँकेमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालमा गरिएको ४९ जनाको स्वाब परिक्षणमा ८ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
कोरोना पुष्टि भएका मध्ये ४ जना पुरुष र ४ जना महिला रहेको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।
बर्दियाको कोरोना संक्रमणको रिपोर्ट हाल सम्म नआएकोे जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोेकर्ण गिरीले बताए ।