आइतबार, असोज ०४, २०७७
मा प्रकाशित
0
Shares
असोज ४, काठमांडौ । सोमबारबाट आन्तरिक हवाई उडान सुचारु हुँदैछ। ६ महिनापछि आन्तरिक हवाई उडान खुल्न लागेको हो। सरकारले असोज १ गतेबाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको थियो।
५० प्रतिशत यात्रु राखेर मात्र उडान सुचारु गर्न भनिएपछि एयरलाइन्सहरुले सत प्रतिशत यात्रु राख्न पाउनु पर्ने भनेपछि उडान सुरु गर्न ढिला भएको थियो। सुरक्षाका सबै मापदण्ड अपनाएर उडान सुरु गरिएको एयरलाइन्स अपरेटर्स एसोसिएसनले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका क्रममा पालना गर्नु पर्ने मापदण्ड यस अघि नै जारी गरिसकेको छ। साभार : नागरिक दैनिक