व्यबसायी छन्नन कुरेसीलाई " />
व्यवसायी गुनासो गर्छन-प्रहरीको फितलो अनुसन्धान, भोकै मर्ने अवस्थामा पुग्यौ !
सोमबार, असोज ०५, २०७७ मा प्रकाशित

व्यबसायी छन्नन कुरेसीलाई छोरो बिरामी भएपछि खसी वेच्न जिल्ला प्रहरी कार्यालय नागरिकता लिएर पुगेकि कुश्मी राँढ ।

बेद प्रकाश गुप्ता
बर्दिया, असोज ५ ।

लामो समय सरकारले जारी गरेको लकडाउँन पछि साना र ठूला व्यबसाय अस्तव्यस्त वा संकटग्रस्त अवस्थामा पुगेको छ । व्यबसायको लगानी डुबेको छ,साना व्यबसायीलाई दुई छाक टार्न धौ धौ छ । देशको अर्थतन्त्रलाई उकास्न यतिबेला सरकारले निशेधआज्ञा हटाएको छ । सरकारले स्थानीय कृषि उपज वा उत्पादन भएका वस्तु प्रोत्साहान गर्ने निती बनाएर अघि बढिरहेको अबस्थामा सरकारी संयन्त्रले व्यबसायीलाई निरुत्साहित गरिरहेको तथ्य सार्वजनिक भएको छ ।

जिल्लाको अवस्था कस्तो छ भने सरकारकै संयत्रले कृषि उपज अन्तर जिल्ला ओसार पसार, नगरपालिका भित्र र एक घर बाट अर्को घरमा लैजादा समेत भन्सार बुझाईदिँदा व्यबसायी घर न घाटका भएका छन् ।

खसी व्यबसायी २४ वर्षिय अब्दुल नयन कुरेसी स्नातक गरेका व्यवसायी हुन । बैकल्पिक राोजगारी खोजीमा रहेका कुरेसीले यति बेला पुर्खाले धानेको पेशा,खसी किन्ने र मासु वेच्ने काममा तल्लीन छन् । तर, सरकारी संयन्त्र (प्रहरी) ले कमिसनको प्रलोभनमा नेपालबाटै किनेको खसी भारतवाट ल्याएको भन्दै परिवारको सदस्य, मोटरसाईकल सहित खसी भन्सार बुझाउँदा भने कमाउनको साटो रिनको भारी बोकेका छन् ।

खसी किन्दा देखि लिलामी प्रक्रिया पुरा गर्दा प्रहरीकै कारणले डेढ लाख थप आर्थीक भार कुरेसी बोक्न बाध्य छन् । यतिबेला जनप्रतिनिधि समेतले पशु जन्य बस्तु किन वेच गर्न दिने सिफारिस रोक लगाएको उल्लेख गर्दे सुचना टास गरेको छ । गुलरिया नगरपालिका ६ का अध्यक्ष निरज शर्माले प्रशासनले उर्दी जारी गरेपछि सिफारिसमाा रोक लगाएको बताए ।जसले खसि जस्ता कृषि उपच वेच्न जिल्ला प्रहरी कार्यालय पुग्न पर्ने किसानलाई बाध्यता परेको हो ।

‘हामी जनताको भोट पाएर कुर्सीमा पुगेका हौ, वडामा उत्पादन भएका बस्तु खरिद वा बिक्रि गरेपनि प्रहरीले लावारिस बनाएर भन्सार बुझाएको छ,’अध्यक्ष सर्माले भने ।आफैले पालेको जनावार वेच्न जाँदा वडाको सिफारिस पनि सय रुपैया तिर्न पर्ने किसानलाई बाध्यता थियो । जसले गर्दा किसान झन आर्थीक मर्कामा परेका थिए ।

फरकसमाचार संबादाताले गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवसँग लिएको अन्र्तवार्तामा भारतबाट नेपााल भित्राउँने गिरोहको विरुद्धमा सुरक्षा संयन्त्रलाई सहयोग गरेको उल्लेख गर्दे प्रहरीले बरामद गरिहेर्को कृषि उत्पादन खसी,राँगा र तरकारी जस्ता वस्तु जिल्ला उत्पादित भएपनि बरामद गरेर भन्सारमा लिलामी प्रक्रियामा चढाउँन सक्रिय भएको दाबी गरेका थिए । ‘हामीसँग पनि सुचना हुन्छ कस्ले कस्तो काम गर्छ भन्ने राजश्व चुहावटको बिषयमाा हामीले सरकारलाई सहयोग गरिरहेका छौ,’ उनले अन्र्तवार्तामा भनेका छन‘जिल्लामा उत्पादन भएका बस्तु जवरजस्त तरिकाले लिलामी प्रक्रियामा पुरााएको सुन्दा दुःख लाग्छ,मलाई नगर प्रमुख बनाउँने जनता हुन, वहाँको पीडामा बोल्नु मेरो पनि कर्तव्य हो ।’

कुरेसी एक प्रतिनिधि पात्र मात्र हुन । तरकारी, राँगा, भैसी ओसार पसार गर्न प्रयोग भएको सवारी साधन मानिस पक्राउ गरी भन्सार बुझाएको रेर्कडमा देखिन्छ ।
प्रहरीको फितलो अनुसन्धान र भन्सारले दिने कमिशनको प्रलोभनले प्रहरीले अनुसन्धान नै नगरि भन्सार बुझाउँन हाबी भएको स्थानीय दाबी गर्छन । नेपालको सामान बरामद गरी भन्सार बुझाएर प्रहरीले झारा टार्ने काम गरिरहेको बिभिन्न घटनाले पुष्टि गर्छ ।

दशै, तिहार वा ठूला चाडपर्वमा सर्बसाधरणले वर्ष दिन भरि पालेका खसी वा राँगा बेचेर गर्जो टार्ने गर्छन । साना व्यवसायीले किनेर काठमाडौं सम्म पुराएर नाफा कमाउँने परम्परा पहिल्यै देखि चल्दै आएको छ । लामो समय लकडाउनवाट प्रभावित भएका व्यबसायीले गर्ने कारोबारमा प्रहरीको फितलो अनुसन्धान, सुरक्षा संयन्त्र कमिसन मुखी भईदिँदा जनप्रतिनिधि निरिह बनेर सर्वसाधरणको वकालत गर्न सकिरहेका छन् । सुरक्षा संयन्त्रको फितलो अनुसन्धान व्यबसायीलाई प्रोहोत्सान नभए साना व्यबसायी भोक भोकै छन् । व्यबसायीले वेच्ने मानिसको नागरिता, खसी बेचेको मानिसको प्रहरीको समक्ष बयान दिन लगाउँदा समेत सुनवाई नभएको स्वयम जनप्रनिधि बताउँछन् ।

नेपाल भारतको सीमा क्षेत्र ८३ किलोमिटर छ । सीमा क्षेत्रमा करिब पाँच किलोमिटर भित्र सशस्त्र क्याम्प छ । नेपाल प्रहरीको सीमा क्षेत्रमा बाक्लो उपस्थिति छ । तर जिल्लामा उत्पादित बस्तु भारतबाट ल्याएको भन्दै बरामद गर्दा स्थानीय घर न घाट भएका छन् । जिउँदो खसीको मासु भारतमा ८ सय रुपैया पर्छ । जिल्लामा खसीको मासु ७ सय रुपैयामा काटेर व्यबसायीले बेच्छन् । प्रहरीलाई छलेर ल्याए पनि नाफा नहुने भएकाले भारतबाट कृषि जन्य वस्तु नआएको व्यबसायीको दाबी छ । नाफा कमाउँन गरिने व्यबसाय भएकाले भारतवाट ल्याउँदा फाईदा नहुने गरेकोे उनीहरु बताउँछन । नेपाल र भारतका सुरक्षाकर्मीका बाक्लो उपस्थिित भएकाले सम्भव नभएको व्यबसायीको दाबी छ ।

भारतबाट ल्याएका हो वा होईन एकिन गरेर बरामद गर्न पर्ने सहायक प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहले बताए । ‘कस्ता बस्तु भारतबाट नेपाल भित्रन्छ वा जान्छ फराकिलो अनुसन्धान गर्दा व्यबसायी मर्कामा पर्देनन्’ उनले भने । राजश्व चुहावट र कोरोना संक्रमण रोक्न खटिएको सुरक्षा संयन्त्रका कारण भारतबाट नेपाल भित्रने कडाई गरेको उनी बताउँछन् । जिल्लामा ठूलो उद्योग, कारखाना नभएकाले ८० प्रतिशत स्थानीयको कृषि उपजमा परिवार आश्रित छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर