बाँकेमा एकै दिन ४३ जना कोरोना संक्रमित थपिए
सोमबार, असोज ०५, २०७७ मा प्रकाशित

असोज ५, बाँके । सोमबार बाँकेमा एकै दिन ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पतालको कोरोना प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा ४३ जना संक्रमित थपिएका हुन् । संक्रमित मध्ये १७ जना महिला र २६ जना पुरुष रहेका छन् ।

९८ जनाको पीसीआर परिक्षण गर्दा बाँकेका ४३ जनालाई कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएको भेरी अस्पतालको आधिकारीक पेजमा उल्लेख छ ।

कोरोना संक्रमित मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिका-८ का २५ वर्षीय पुरुष र राजापुर नगरपालिका-१ का ३१ वर्षीय पुरुष समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर