सोमबार, असोज ०५, २०७७
मा प्रकाशित
0
Shares
असोज ५, बर्दिया । बर्दियामा २३ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।
बाँसगढी नगरपालिकाका ४६ जनाको स्वाब परिक्षणमा २३ जनालाई कोरोना संक्रमण देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको पीसीआर परिक्षणमा २३ जनालाई कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।
सिजि फुुडका संक्रमित कर्मचारीहरुको ट्रेसिङमा परेका ४६ जना मध्ये २३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जानकारी गराएको छ ।