विरामी डा. गोबिन्द केसी भन्छन–‘स्वर्गमा बसेर पनि नर्क बसेका छन नेपाली’
मङ्गलबार, असोज ०६, २०७७ मा प्रकाशित

बाँके, असोज ६ (फरकसमाचार)
सरकारले जारी गरेको लकडाउन अघि डडेलधुरामा स्वास्थ्य सेवा दिन सुरु गरेका डा. गोविन्द केसी पहाडी बिकट जिल्लाका कुना कन्दरामा गएर स्वास्थ्य सेवा दिए । सरकारले कोभिड १९ रोग नियन्त्रणका लागि विभिन्न किसिमको कदम चाल्दा डा.केसी बिकट पहाडी जिल्लाका गाउँ गाउँ गएर उपचारमा खटिए ।

डडेलधुरावा, बैतडी, मुगु, कालिकोट लगायत जस्ता आधादर्जन पहाडीका जिल्लाका ग्रामिण भेग पुगेर स्वास्थ्य उपचारमा खटिदा भने बिकट पहाडी जिल्लामा स्वास्थ्य उपचार नपाएका नेपाली देखेर उनी भावबिहल बने । नेपाल कति सुन्दर छ, तर स्वास्थ्य उपचार बिना मानिस बाचिरहेका छन् । उपचारको क्रममा वर्षौ देखि रोग लागेर बसेकाको रोग बाट बन्चित भएको देख्दा उनी अचम्भित बने । विरामी डा. गोबिन्द केसी भन्छन–‘स्वर्गमा बसेर पनि नर्क बसेका छन नेपाली’  नेपालका बिकट ठाउँमा हावापानी र ठाउँ सुन्दर भएर के गर्नु । वर्षो देखि रोग पालेर नर्कमा जिन्दगी बिताईरहेका छन् नेपालीले ।

उपचारको क्रममा हड्डि भाचिएर कुहिएको अवस्थाको बिरामी उपचार संलग्न भएर चिकित्सक परामर्श दिएको घटना जस्ता अनेकौ रोग पालेर बसेका नेपाली उनले यतिबेला झलझलि सम्झिरहेका छन् । यतिबेला स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसयुवाट केसीलाई सोमबार भेरी अन्चल अस्पताल ल्याईएको छ ।समिट एयरबाट नेपालगंज उत्रेका केसी अस्पतालको क्याविन नम्बर चार राखेर उपचार गरिरहेको भेरी अस्पताल स्रोतले जानकारी दिएको छ । उनको अवस्थामा सामान्य रहेका उपचारमा संलग्न चिकित्सकले बताए ।केसीको १९ औं सत्याग्रह हो ।

प्रतिक्रिया

सम्बन्धित खवर